PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

शिक्षामन्त्री भन्छन्–स्थानीय तहलाई दिएको अधिकारले गुणस्तरीय शिक्षा



रासस

शिक्षामन्त्री भन्छन्–स्थानीय तहलाई दिएको अधिकारले गुणस्तरीय शिक्षा

काठमाडौँः उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताएका छन्। 

नेपाली कांग्रेस स्याङ्जा– काठमाडौँ सम्पर्क समितिले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकारसँगै सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने बताए। 

उनले व्यावहारिक शिक्षातर्फ मुलुकलाई अगाडि बढाउने सोच मन्त्रालयले गरिरहेको बताए।  निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयले राम्रो अङ्क ल्याउन नसकेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले राम्रो अङ्क ल्याउन नसक्ने विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell