
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि तीन देशको भ्रमण सुरु गरेका छन्।
मोदीको पोर्चुगल, अमेरिका र नेदरल्याण्डको भ्रमण गर्ने तालिका रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उनको भ्रमण चार दिनको हुने अधिकारीहरुले बताएका छन्।
भ्रमणका क्रममा मोदीले ती देशका अधिकारीहरुसँग दुई पक्षीय हित र साझा सरोकारका विषयहरुमा छलफल गर्ने बताइएको छ।
मोदी शनिवार पहिला पोर्चुगलको राजधानी लिस्बोन पुगेका छन्। त्यहाँ रहँदा उनले दुई देशले आगामी दिनमा गर्न सक्ने सहकार्यका उपायहरुका बारेमा छलफल गर्नेछन्।
पोर्चुगलपछि प्रधानमन्त्री मोदी अमेरिकाको वासिङटन डिसी जाने भ्रमण तालिका रहेको छ।
शनिबारदेखि सोमबारसम्मको अमेरिका भ्रमणका क्रममा आफूले अमेरिका र भारतको सम्बन्धलाई थप फराकिलो बनाउने बारेमा छलफल गर्ने मोदीले बताएका छन्।
प्रधानमन्त्री मोदीले वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता कार्यक्रम रहेको बताइएको छ। दुई नेताबीचको यो नै पहिलो भेटवार्ता हो ।
अमेरिका भ्रमण सकेर उनी आगमी मंगलबार नेदरल्याण्ड जाने कार्यक्रम छ। रासस/सिन्ह्वा