PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

झलनाथ खनालको आरोपः २ नम्बर प्रदेशको चुनाव सर्नुमा सरकारको लाचारीपन



रासस

झलनाथ खनालको आरोपः २ नम्बर प्रदेशको चुनाव सर्नुमा सरकारको लाचारीपन

इलामः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताएका छन्।

इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खनालले सरकारले चाहेको भए दुई नम्बर प्रेदेशमा पनि असार १४ मै निर्वाचन हुने बताए।

जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै खनालले संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अपरिहार्यता रहेको बताए। 

खनालले दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे। ‘पश्चिम क्षेत्रमा त नेकपा एमालेको जनलहर देखियो, अब पूर्वमा पनि एमालेको त्यस्तै लहर चल्छ,’ खनालले भने‘अब एमालेलाई मुलुककै पहिलो पार्टी हुनबाट कुनै ताकतले रोक्न सक्दैन।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell