PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

नवलपरासीमा चार सदस्य निर्विरोध निर्वाचित



रासस

नवलपरासीमा चार सदस्य निर्विरोध निर्वाचित

नवलपरासीः नवलपरासीको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले जानकारी दिए। 

मनोनयनका क्रमका नेपाली कांग्रेसका तर्फबाट मात्र उम्मेदवारी परेपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत ढुङ्गानाले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell