PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

स्थानीय तह चुनाव: धनकुटामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र



पहिलोपोस्ट

स्थानीय तह चुनाव: धनकुटामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र

धनकुटा: स्थानीय तहको चुनावमा अपाङ्गता भएकाहरुका लागि सहज मतदान गर्न जिल्लाका ६७ अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

धनकुटा जिल्लाका कुल १४३ वटा मतदान केन्द्रमा ६७ केन्द्र अपाङ्गमैत्री बनाइएको छ। जिल्लामा तोकिएका अधिकांश मतदानकेन्द्र विद्यालय र पुराना गाविसका भवनमा रहेका कारण कठिनाइ भएको जनाइएको छ।

स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा थप दुई अपाङ्गमैत्री मतदान केन्द्र निर्माण गरिएको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ। तीन नगरपालिकासहित सात स्थानीय तह रहेको जिल्लामा ११७ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जानकारी दिएको छ।

जिल्लाको कुल ९५ हजार ३६७ जना मतदातामध्ये १७३ जना अपाङ्गता भएका मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ। अपाङ्गता भएकै कारण धेरै मतदाताले वञ्चित हुनुपरेको गुनासो आएपछि अपाङ्गमैत्री केन्द्र बढाउने क्रममा रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाका प्रमुख प्रदीप साहले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell