PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले बाधक: निधि



पहिलोपोस्ट

जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले बाधक: निधि

मोरङ: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानप्रदत्त नागरिकका अधिकार घरदैलोमा पु¥याउन नेकपा एमाले बाधक भएको आरोप लगाएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकाको चुनाबी भेलालाई सम्वोधन गर्दै निधिले मधेसी, थारु, जनजाति लगायतका माग सम्वोधनका लागि संविधान संशोधन आवश्यक भए पनि त्यसको बाधक एमाले बनेको आरोप लगाए।

एमालेले मधेस पहाडबीचमा झगडा निम्त्याएको भन्दै कांग्रेसले मधेश पहाड जोड्ने उनले बताए। उनले एमाले लोकतन्त्र र संघीयताको बाधक भएको पनि आरोप लगाए।

निधिले १ नम्बर प्रदेशका कांग्रेस पहिलो पार्टी बन्ने दाबी समेत गरे। विराटनगर बिपीको जन्मभूमि भएकाले कांग्रेसको विजय यात्रा कसैले रोक्न नसक्ने दाबी निधिले गरे। चुनाबी कार्यक्रममा पार्टीले निधिलाई मोरङ खटाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell