PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

धनुषामा गोली चल्यो, घाइते प्रधानाध्यापकको अवस्था गम्भीर



पहिलोपोस्ट

धनुषामा गोली चल्यो, घाइते प्रधानाध्यापकको अवस्था गम्भीर

धनुषा: विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो।

शर्माको गालामा गोली लागेको छ। उनको अवस्था अहिले गम्भीर छ। उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell