PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

सुनसरीमा दुई बालक मृत फेला, ट्याक्टरले किचेर सप्तरीमा चालकको मृत्यु



पहिलोपोस्ट

सुनसरीमा दुई बालक मृत फेला, ट्याक्टरले किचेर सप्तरीमा चालकको मृत्यु

इटहरी: सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदीभिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत अवस्थामा फेला परेका हुन्।

उनीहरु दुवै शनिबार दिउँसो ४ बजेदेखि घर परिवार अर्थात् नातेदारबाट सम्पर्कविहीन हुन पुगेका थिए। दुवैलाई बूढीखोलाले बगाउँदै ल्याएको अवस्थामा शव देखिएको र उनीहरु शनिबार सम्पर्कविहीन भएका किशोरहरु भएको खुल्न आएको पनि इप्रका, दुहवीले जानकारी दिएको छ।

यसैबीच सप्तरीको रुपनी गाउँपालिका–३ स्थित खेत जोत्ने क्रममा स१च ५२३० नंको ट्र्याक्टरले किचेर चालकको आज बिहान घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका २० वर्षीय आनन्दकुमार साह रहेको प्रहरीले जनाएको छ। खेत जोत्ने क्रममा ट्याक्टर कुलोमा पल्टिएको थियो। सो क्रममा चालकको ट्याक्टरले च्यापेर मृत्यु भएको इप्रका कार्यालय, रुपनीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell