PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचनको अन्तिम प्रचारप्रसार आजसम्म, मध्यरातदेखि मौन अवधि



पहिलोपोस्ट

निर्वाचनको अन्तिम प्रचारप्रसार आजसम्म, मध्यरातदेखि मौन अवधि

काठमाडौँ : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज अन्तिम दिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचारसंहिताका कारण आइतबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। आइतबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ।

प्रमुख दलका शीर्ष नेतासहितका उम्मेदवार आज अन्तिम चुनाबी सभा/सम्मेलनलाई सम्वोधन गर्दैछन्। राजनीतिक दलका शीर्ष नेताहरु पनि आ-आफ्ना गृहजिल्लामा छन्।

निर्वाचन आचारसंहिता अनुसार बिहीबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन्।

मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ।

त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउनेछैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell