PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ओलम्पियन सुनिल जोशीको निधन



पहिलोपोस्ट

ओलम्पियन सुनिल जोशीको निधन

काठमाडौं : दक्षिण एसियाली खेलकुद साग मा भारोत्तोलनका सर्वाधिक पदक विजेता तथा ओलम्पियन सुनिल जोशीको निधन भएको छ।

नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेका जोशीको आइतबार बिहान निधन भएको छ। हृदयघातका कारण उनलाई बाँसबारीस्थित सहिद गंगालाल केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो।

उनले सन् १९९६ मा अमेरिकाको एटलान्टामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell