
आगामी वर्ष घरेलु भूमिमा विश्वकप फुटबलको ओयोजना गर्ने तयारीमा रहेको रसिया कन्फेडेरेसन कपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग एक गोलको अग्रता जोगाउन नसक्दा रसिया २-१ ले पराजित भयो।
अर्को खेलमा न्यूजिल्याण्डलाज्ञ ४-० ले पराजित गर्दै युरो च्याम्पियन पोर्चगुल समूह ए को विजेता बन्दै समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। ३ खेलबाट पोर्चगलले ७ अंक जोड्यो।
पोर्चुगल समान नै ७ अंक जोडेको सन् १९९९ को च्याम्पियन मेक्सिको गोल अन्तरमा दोस्रो स्थानमा रहदै समूह बी को उपविजेता बन्यो।
अलेक्जान्डर सामडोभले २५औं मिनेटमा गोल गर्दै आयोजक रसियालाई अग्रता दिलाएका थिए। तर रसियाले उक्त अग्रता जोगाउन सकेन। त्यसको ५ मिनेटपछि नै नेस्ट्रो अराउजोले मेक्सिकोका लागि बराबरी गोल फर्काए।
५२औं मिनेटमा हिर्ऐङ लोजानोले गोल गर्दै मेक्सिकोलाई २-१ को अग्रता दिलाए। ६८औं मिनेटमा युरी झिर्कोभ दोहोरो पहेँलो (रातो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि रसिया १० खेलाडीमा झर्यो। त्यसपछि खेलमा कुनै गोल नहुँदा मेक्सिको २-१ ले विजयी भयो।
यता सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा पोर्चुगललाई फराकिलो जित दिलाउन चार फरक खेलाडे गोल गरे। ३३औं मिनेटमा क्रिस्टियानो रोनाल्डो र ३८औं मिनेटमा बर्नान्डो शिल्भाले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमै २-० को अग्रता दिलाए। दोस्रो हाफको अन्तिम दश मिनेट भित्र आन्द्रे शिल्भा र नानीले गोल थपेपछि फोर्चगलले सजिलो जित हात पार्यो।
#ConfedCup Group A is complete!
— #ConfedCup (@FIFAcom) June 24, 2017
See you in the semi-finals, Portugal and Mexico! 🇵🇹🇲🇽 pic.twitter.com/zx6oarjiwV
पोर्चुगलले अब सेमिफाइनलमा समूह बी को उपविजेता तथा मेक्सिकोले समूह ए को विजेतासँग खेल्नेछ।
प्रतियोगिताअन्तर्गत आज समूह बी को चिली र अष्ट्रेलिया तथा जर्मनी र क्यामरुनबीच खेल हुनेछ।