PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

५५ दिनको म्यादी प्रहरीको जागिर ९० दिन पुग्यो  



पहिलोपोस्ट

५५ दिनको म्यादी प्रहरीको जागिर ९० दिन पुग्यो  

काठमाडौँ: पटक-पटक निर्वाचन मिति सर्दै गएपछि म्यादी प्रहरीको समय पनि थपिँदै गएको छ। पहिलो पटक ५५ दिनका लागि म्यादी प्रहरी नियुक्त गरिएको थियो। तर, निर्वाचन सरेसँगै अवधि ९० दिन पुगेको हो। चैत ‍२५ गते म्यादी प्रहरीलाई नियुक्ति दिइएको थियो।

दोस्रो चरणको निर्वाचन असार १४ गते सरेपछि मन्त्रिपरिषदले १५ दिन म्याद थप गरेको थियो। दोस्रो चरणको निर्वाचनका लागि १५ दिन म्याद थपिएको गृह मन्त्रालयका सह-सचिव दिपक काफ्लेले जानकारी दिए। काफ्लेले भने 'अन्तिम पटक थपिएको समयअनुसार म्यादीको समयावधि ९० दिन पुगेको हो।'

पहिलो चरणमा सवै स्थानीय तहमा निर्वाचन हुन नसकेपछि जेठको पहिलो साता समय २० दिन थपिएको थियो। ५५ दिनका लागि भर्ना गरिएका ७५ हजार म्यादीको अवधि दोस्रो चरणको निर्वाचन मतपरिणाम नआएसम्म कायम रहनेगरि थप गरिएको थियो।

२० दिन थपिएको समय असार ५ गते सकिएको थियो। कतिपय  जिल्लामा म्यादी प्रहरीले पहिलो पटक थप गरेको समय सकिएपछि राजीनामा समेत दिइसकेका छन्।

सरकारले असोज २ गतेलाई तय गरेको प्रदेश नम्बर २ को निर्वाचनमा म्यादी प्रहरीलाई के गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन। सरकारले ५५ दिनका लागि ७५ हजार म्यादी प्रहरीको लागि करिव सवा अर्ब रूपैयाँ खर्च भएकोमा २० दिन कार्यावधि बढाउँदा २ अर्बभन्दा बढी खर्च बढेको छ।

म्यादी प्रहरीले पनि नेपाल प्रहरीको जवानले खाइपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने सहसचिव काफ्लेले बताए। नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। म्यादी प्रहरीले ग्रेड भने पाउँदैनन्। उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell