PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ



रासस

मेलम्चीः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट काठ चोरी तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लुकाइ छिपाइ काठमाडौं लैजाँदै गरेको एकसय क्युफिट काठसहित प्रहरीले मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्का र सन्दीप रोक्कालाई पक्राउ गरेको हो।

 बा४ख २२७६ नम्बरको मिनीट्रकमा राखेर काठ लैजादै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले काठसहित उनीहरुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell