PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

तलबी अनुदान कटौती भएपछि म्याग्दीका विद्यालय समस्यामा



रासस

तलबी अनुदान कटौती भएपछि म्याग्दीका विद्यालय समस्यामा

म्याग्दीः तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन्। 

प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो। 

चालु अािर्थक वर्षमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताए। 

‘शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो’, प्रअ भण्डारीले भने,‘चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ।’ 

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिए। 

गत आर्थिक वर्षमा २०७२/७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो। म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय छन्। १९ वटा मावि, १९ वटा आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन्। नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell