PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई



पहिलोपोस्ट

'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई

काठमाडौं: 'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानले जितेकी हुन्। राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा भोजपुरकी मोक्तान विजेता घोषित भएकी हुन्।

उनले १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन्। त्यस्तै 'मिसेस मंगोल नेपाल २०१७' को फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी श्रेष्ठ घोषित भए। अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्ट लक्ष्मी शाही, बेस्ट फोटोजेनिक सरु श्रेष्ठ, बेस्ट डिसिप्लिनमा स्मृबति बज्रचार्य, बेस्ट स्माईलमा बर्षा राई खड्गी, बेस्ट पर्सानालिटीमा सम्झना राइ, बेस्ट हेयरमा सितल पुन, बेस्ट कम्प्लेक्सनमा रन्जना राना मगर, मस्ट कन्फिडेन्समा सरिता राई, मस्ट स्टाईलिस्टमा सेन्सी राई , मस्ट एक्टिभमा चादनी श्रेष्ठ, मस्ट स्मार्टमा राधिका श्रेष्ठ, मस्ट चार्मिङमा सुनिता राना मगर, मस्ट ईन्टिलिजेन्टमा मेलिना मोक्तान, बेस्ट ड्रेस्समा सम्झना राई, मस्ट पपुलरमा रन्जना राना मगर र मिसेस पब्लिक चोईसको टाईटल मेलिना मोक्तानले हात पारे।



कार्यक्रमको प्रमुख निर्णायकमा नायक रमेश उप्रेती, संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका जेनी कुँवर र मिस नेपाल २०१४ बिजेता सुबिन लिम्बु रहेका थिए। कार्यक्रमलाई कोरियोग्राफी मोडल हिमानी सुब्बाले गरेकी थिईन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell