PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

जाजरकोटको जुनीचाँदीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध, मर्मतका लागि बेवास्ता



रासस

जाजरकोटको जुनीचाँदीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध, मर्मतका लागि बेवास्ता

जाजरकोटः जाजरकोटको जुनीचाँदी गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। 

मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिए। यति लामो समयसम्म फोन सेवा अवरुद्ध भएपनि सरोकारवाला निकायले मर्मतमा ध्यान नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। 

सेवा अवरुद्ध भएपछि त्यसक्षेत्रका वासिन्दा टेलिफोन गर्न घण्टौं हिंडेर अर्को गाउँ जान बाध्य भएका छन्।

नेपाल टेलिकमले भने ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell