PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

हङकङको २० औँ वार्षिक समारोहमा चिनिया राष्ट्रपति सि सहभागी हुने



रासस

हङकङको २० औँ वार्षिक समारोहमा चिनिया राष्ट्रपति सि सहभागी हुने
फोटो श्रोतःsmh.com.au

बेइजिङः चिनियाँ राष्ट्रपति सि जिनपिङ बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको वीसौं वार्षिकोत्सवमा सहभागी हुन हङकङ जाने भएका छन्।

हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सव समारोहमा सहभागी हुन सि हङकङ जान लागेका चिनिया सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ। सि जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनेछन्। 

आगामी साता हङकङ हस्तान्तरणको २० बर्ष पुग्दैछ। उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने यसअघि केही बताएका थिएनन्। सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको उनको यो पहिलो हङ्कङ भ्रमण हुनेछ। चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले सिको हङ्कङ भ्रमण निश्चित भएको जनाएको छ। 

हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ। 

हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर हङकङका नागरिकले प्रदर्शनको तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।रासस/सिन्ह्वा/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell