PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

पूर्व एआइजी श्यामसिंह थापाको सर्वोच्चमा 'सरेन्डर'



सविन ढकाल

पूर्व एआइजी श्यामसिंह थापाको सर्वोच्चमा 'सरेन्डर'

काठमाडौं : बहुचर्चित सुडान घोटाला मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको नेपाल प्रहरीका एआइजी श्यामसिंह थापाले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन्। 

आज मध्यान्ह अदालत पुगेर उनले हाजिरी दिएको सर्वोच्च अदालत स्रोतले बताएको छ। 'उनी भर्खरै अदालतमा हाजिर भएका हुन्,' स्रोतले भन्यो।

उनलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो।

केही दिनअघि मात्र अदालत पुगेका पूर्व आइजीपीद्वय ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआइजी दीपकसिंह थाङ्देन र पूर्व डिआइजी दीपक श्रेष्ठले आत्मसमर्पण गरेका थिए। उनीहरुलाई अहिले सदरखोर डिल्लीबजारमा राखिएको छ। प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो। यसअघि विशेष अदालतले पनि उनीहरुलाई दोषी ठहर गरेको थियो।

सर्वोच्चको ठहरपछि उनीहरु फरार रहेका थिए। 'भिआपी' दोषीहरु उन्मुक्त अवस्थामा रहेको मिडियामा आउन थालेपछि चौतर्फी दवाव बढेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell