PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

एसीपिएल : श्रीलंकन लायन्सको दोस्रो जित



पहिलोपोस्ट

एसीपिएल : श्रीलंकन लायन्सको दोस्रो जित

काठमाडौं : श्रीलंकन लायन्सले काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग एसीपिएल क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार भएको एक मात्र खेलमा श्रीलंकन लायन्सले अफगानिस्तान बुल्सलाई १० रनले पराजित गर्‍यो।

४ खेल खेलिसकेको श्रीलंकन लायन्सले २ खेल जित्दै ४ अंक जोडेको छ र अंक तालिकामा दोस्रो स्थानमै छ। तर दुई खेल मात्र खेलेको नेपाल स्ट्रोम रनरेटका आधारमा शीर्ष स्थानमा छ। ३ खेलबाट ४ अंक नै जोडेको बंगलादेश टाइगर्स तेस्रोमा छ।

यता ३ खेल खेलेको अफगानिस्तानको यो दोस्रो हार हो। श्रीलंकन लायन्स विरुद्ध १ सय ५९ रनको लक्ष्य पछ्याएको बुल्स ५ बल अगावै १ सय ४८ रनमा अलआउट भएको हो।

कीर्तिपरस्थित टीयू क्रिकेट मैदान पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। लायन्सका लागि दीनेश नक्रानीले सर्वाधिक ४५ तथा आकाश गौटेलले ४३ रन बनाए।

बलिङमा बुल्सका रोहित सैनीले ३ तथा पवन यादवले २ विकेट लिए। जवाफमा अफगानिस्तानका कुनै पनि खेलाडीले क्रिजमा टिकेर खेल्न सकेनन्। उसका लागि कप्तान रान नाभेद उल हसनले नटआउट रहदै बनाएको २५ रन नै सर्विधक व्यक्तिगत स्कोर बन्यो। यस्तै गौरबले २५ तथा फरानले २१ रन जोडे।

बुल्सलाई अलबउट गर्न लायन्सका करण वालिअ र एन सामाराक्कोडीले ३-३ विकेट लिए।

प्रतियोगिताअन्तर्गत सोमबार नेपाल स्ट्रोम र इन्डियन स्टार्स तथा अफगानिस्तान बुल्स र दबई वारियर्सबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell