PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

तेस्रो चरणको निर्वाचन तत्काल गर्न झलनाथ खनालको माग



रासस

तेस्रो चरणको निर्वाचन तत्काल गर्न झलनाथ खनालको माग

इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएका छन्। 

इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको बताए। 

खनालले एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell