PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

माधव नेपाल भन्छन्– संविधान संशोधनकाबारेमा असोज २ पछि मात्र छलफल



रासस

माधव नेपाल भन्छन्– संविधान संशोधनकाबारेमा असोज २ पछि मात्र छलफल

विराटनगरः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताएका छन्। 

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछि नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पारे। 

नेपालले लोकतन्त्रमा जनता नै सर्वोपरि भएको भन्दै राजपाले निर्वाचनमा जान विभिन्न सर्त राख्नु गलत भएको बताए। उनले राजपाका एक/दुई नेताको ढिपीका कारण स्थानीय निर्वाचनमा दलीय रुपमा सहभागी नभएको आरोप लगाए।

उनले आगामी मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन गराउन निर्वाचन आयोग लाग्नुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell