PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, भोलि राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने



रासस

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, भोलि राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने
फोटो श्रोतःindiablooms.com

वासिङ्टनः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका पुगेका छन्। मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुनेछ। 

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनीहरुबीच पहिलो पटक भेट  हुन लागेको हो। यसअघि मोदी र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाबीच भारतमा भेटवार्ता भएको थियो। 

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकासँग मिलेर काम गर्न चाहेको धारणा यसअघि नै राखेका छन्। उनीहरुबीच लगानी प्रवद्र्धन, आपसी विश्वासका आधारमा सम्बन्ध विस्तारलगायतका विषयमा वार्ता हुने बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell