PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति



पहिलोपोस्ट

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिएकी छन्।

राष्ट्रपतिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजनामा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार सात गते सरकारलाई सिफारिस गरेको थियो।

परिषद्को  सिफारिस अनुसार सरकारले आठ गते सेना परिचालनको स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाएको थियो । 

राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको जनाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell