PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी नवलपरासीमा बम बिष्फोट, ६ जना घाइते



पहिलोपोस्ट

माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी नवलपरासीमा बम बिष्फोट, ६ जना घाइते

नवलपरासीः नवलपरासीको सुनवलमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट गराइएको छ।

सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भएको बम विस्फोटमा परी ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।

घाइते हुनेमा हेमन्त चौधरी, मनोज चौधरी र सुमित विक छन् भने अन्यको नाम खुलेको छैन। घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको छ।

नेकपा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट गराइएको हो। चुनावी र्‍यालीमा रहेको एउटा माइक्रोबसमा पनि सामान्य क्षति भएको नेकपा माओवादी केन्द्रका उत्सव पौडेलले जानकारी दिए।

त्यस्तै, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारीले विस्फोटमा परी माओवादी केन्द्रका १२ जना घाइते भएका बताएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell