
काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली यू-२३ फुटबल टोलीले बांगलादेशको यू-२३ सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
नेपाल र बंगलादेशबीचको खेल आगामी जुलाई ११ (असार २७)मा काठमाडौंमा हुने अखिल नेपाल फुटबल स३ एन्फाले जनाएको छ।
युएईमा जुलाई १९ बाट सुरु हुने छनोटमा नेपाल र आयोजक युएईसँगै उज्वेकिस्तान र लेवनान समूह डी मा छन्।
नेपालले पहिलो खेलमा युएईसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। समूह डी का सबै खेलहरु अल अइनस्थित ताहनोन बिन मोहमेद स्टडियममा हुनेछ।
राष्ट्रिय टिमबाट खेलिसकेका आधा दर्जन भन्दा बढी खेलाडीसहित नेपालले छनोटका लागि प्रशिक्षण सुरु गरिसकेको छ।
खेल विवरण
नेपाल यू-२३ भर्सेस बांगलादेश यू-२३
मिति : २०७४ असार २७ गते
स्थान : एन्फा कम्प्लेक्स सातदोबाटो