PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

जडीबुटी व्यवसायी अपरहणमा संलग्न ४ जना पक्राउ



पहिलोपोस्ट

जडीबुटी व्यवसायी अपरहणमा संलग्न ४ जना पक्राउ

काठमाडौः जडीबुटी  व्यवसायीलाई अपहरण गर्ने चारजना प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले शनिवार दोलखाका २८ वर्षीय शक्ति विश्वकर्मा, काठमाडौका ३२ वर्षीय मदनकृष्ण महर्जन, ३२ वर्षीय अन्जु देउला महर्जन र २४ वर्षीय अन्जु भारतीलाई पक्राउ गरेको हो।

अपहरणमा संलग्न रजमान तामाङ भने फरार रहेको महाशाखाका डिएसपी अजय केसीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुले रामेछाप, मन्थली-१५ आकासे घर भई नयाँ बसपार्कस्थित तनहुँ स्याङ्जा पर्वत होटलमा बस्दै आएका जडिवुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र उनकी श्रीमती कविता दाहाललाई शनिबार विहान १० बजेतिर नयाँ वसपार्कको एक गेष्ट हाउसबाट अपरहण गरेका थिए।

श्रेष्ठ दम्पति  ६ महिनादेखि गेष्ट हाउसको कोठा भाडामा लिएर बस्दै आएका थिए। अज्ञात समूहले ‘विप्लवका कार्यकर्ता हौं’ भन्दै ट्याक्सीमा राखेर काठमाडौंको पक्नाजोलमा रहेको एक घरमा बन्धक बनाएर राखेका थिए।  

अपहरण भएको जानकारी पाएको प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठ वस्ने गेष्ठ हाउसमा पुग्दा अपहरित व्यक्तिको डकुमेण्ट लिन पुगेको बेला श्रेष्ठको प्रहरीले सकुसल उद्धार गरेको थियो।

कविता दाहाललाई भने बागबजारस्थित राष्ट्रिय युवा जनस्वयम् सेवक कार्यालयमा बन्धक बनाइएको अवस्था उद्धार गरेको डिएसपी केसीले बताए।

लेनदेनको बिषयलाई लिएर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रयोग गरेर अपहरण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell