PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

'सागरको गहिराईमा…' के खोज्दैछन् पार्कर लिम्बु?



पहिलोपोस्ट

'सागरको गहिराईमा…' के खोज्दैछन् पार्कर लिम्बु?

काठमाडौं : पप गायक पार्कर लिम्बुको शब्द, संगीत र गायन रहेको गीत ‘सागरको गहिराईमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा उमी मगर, अन्जली मगर, जीत लामा र कृपा राजभण्डारीले अभिनय गरेका छन्। यस्तै भिडियोमा गायक पार्कर लिम्बुलाई पनि देख्न सकिन्छ। म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।

सागर राजले निर्देशन गरेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् भने सुप्रिमा पराजुलीले सम्पादन गरेका छन्।

देवेन्द्र नेवारद्वारा संगीत संयोजन गरिएको उक्त गीत साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको हो।

निर्शेनक सागर राजले यसअघि ‘पानी पर्‍यो असिना झर्‍यो’, ‘चुम्बक’, ‘तिम्रो आँखामा’ जस्ता गीतका म्युजिक भिडियो निर्देशन गरेर चर्चा बटुलेका थिए। पार्कर लिम्बुले यसअघि गाएको ‘समय...’ गीतको भिडियो पनि सागर राजले नै निर्देशन गरेका थिए।

केही वर्षदेखि बेलायतमा बसोबास गरिरहेका गायक लिम्बु बेलायतको एउटा रेडियो स्टेशनमा रेडियो जक्कीको रुपमा सक्रिय छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell