PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

स्थानीय तहको‘चार्म’: पूर्वमन्त्री मेयरमा लड्दै



पहिलोपोस्ट

स्थानीय तहको‘चार्म’: पूर्वमन्त्री मेयरमा लड्दै

बैतडीः  पूर्वसहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बनेका छन्। नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट बैतडीको पाटन नगरपालिकामा मेयरको उम्मेदवार बनेका चन्द अहिले नगरपालिकाका बस्ती/बस्ती पुगेर घरदैलो गरिहेहका छन्। 

पाटन नगरपालिकामा चन्दलाई मेयर उम्मेदवार छनौट गरेर कांग्रेसले नगरलाई प्रतिष्ठाको रुपमा प्रस्तुत गरेको हो। चन्दले पनि आफ्नो राजनीतिक करियरलाई दाउमा राखेर स्थानीयस्तरमा काम गर्न उम्मेदवारी दिएको बताएका छन्। 

‘विगतमा पनि मैले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरेको थिए, अहिले स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ’ चन्दले भन्ने, ‘पाटन नगरपालिकालाई देशका १० नमुना सहरमध्येको बनाउनमा केन्द्रीय राजनीतिको अनुभव प्रयोग गर्नेछु।’ 

उनले पाटनको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिक पूर्वाधारलगायतको विकासका लागि स्पष्ट खाका आफूसँग भएको बताए।‘हिजोका दिनमा पनि मैले समाजसेवा गरेको हुँ, अव पनि सामाजिक काम गर्नेछु। जनताले मलाई जिताएमा मेरो अनुभवको भरपुर उपयोग नगपालिका निर्माणमा लगाउनेछु’ चन्दले भने।

चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र न– १ बाट सासंद भएर महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्रीसमेत बनेका थिए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुबै क्षेत्रबाट जितेपछि त्यहाँ भएको उपनिर्वाचनमा उनी निर्वाचित भएका थिए। 

पाटन नगरपालिकामा कांग्रेसका १४ दावेदार भएपनि अन्तिममा पूर्वसहायक मन्त्री चन्द सर्वसम्मत् चयन भएका हुन्। 

अरुका पनि तगडा उम्मेदवार 

पाटन नगरपालिकामा पूर्वसहायकमन्त्री चन्दको प्रतिस्पर्धामा नेकपा एमालेले युवा नेता नरेशकुमार विश्वकर्मालाई उभ्याएको छ।

कानुनका विद्यार्थीसमेत रहेका विश्वकर्मा स्थानीय स्तरमा लोकप्रिय छन्। यस्तै, माओवादी केन्द्रले पत्रकार शङ्कर भण्डारीलाई प्रतिस्पर्धामा अघि सारेको छ भने राप्रपाले रणबहादुर विष्टलाई उम्मेदवार तोकेको छ।

विवेकशील नेपालीले सर्मथक भरतराज पन्तले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell