PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

बुटवल पुगेर ओलीले भने–प्रदेश छुट्याउन जालझेल गर्नेलाई चुनावले बढार्छ



पहिलोपोस्ट

बुटवल पुगेर ओलीले भने–प्रदेश छुट्याउन जालझेल गर्नेलाई चुनावले बढार्छ

बुटवलः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईबीच सयौं वर्षदेखिको सम्बन्ध  टुक्राउन प्रयास गर्नेहरुलाई आगामी निर्वाचनले बढारेर लैजाने बताएका छन्। 

बुटवलमा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले विगतमा प्रदेश विभाजनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको ‘अपवित्र गठबन्धन’का कारण देश भड्खालोमा जान लागेको बताए।

उनले भने–‘विगतमा टाउकाको मूल्य आफैंले तोक्ने काग्रेसले क्रान्तिका नाममा लाखौ जनतामाथि खेलबाड गरेको माओवादीसँग साँठगाँठ  गरेर अगाडि बढेको छ, जसलाई लोकतान्त्रिक भन्न मिल्दै मिल्दैन।’

विकासको एजेण्डा अगाडि बढाउने नेकपा एमाले भएको भन्दै उनले एमालेको जितले केही राजनीतिक दलका नेताहरु आत्तिएको बताए। उनले भने–‘देश बनाउने संकल्प बोकेको पार्टी हो, हाम्रो अभियान, जनमत देखेर  केही राजनीतिक दलहरु अत्तालिएका छन्।’

उपमहासचिव घनश्याम भुसालले अहिले  नेपाली काग्रेसले आफ्नो पराजय स्वीकार गरिसकेर माओवादी केन्द्रसँग सम्झौता गरेको बताए। 

चुनावी सभामा अध्यक्ष ओलीले बुटवलमा एमालेको जित सुनिश्चित भएको भन्दै बुटवल उपमहानगरपालिकाका मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयरकी उम्मेदवार गोमा अचार्यलाई माला पहिर्‍याइदिएका थिए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell