
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय नेपालगञ्ज बाँकेका नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कर्णले बाँकेको साविक इन्द्रपुर गाविसको मोही जग्गा बाँडफाँट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार घुस माग्दामाग्दै आयोगले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।
आयोगले बिगोसहित असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ। रासस