PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

दक्षिण एसियाली खेलकुदमा ६ रजत र ११ कास्य जितेका थिए ओलम्पिनय सुनिल जोशीले



पहिलोपोस्ट

दक्षिण एसियाली खेलकुदमा ६ रजत र ११ कास्य जितेका थिए ओलम्पिनय सुनिल जोशीले

काठमाडौं : दक्षिण एसियाली खेलकुमा सुनिल जोशीले भारोत्तोलनबाट नेपालका लागि सर्वाधिक ६ रजत र ११ कास्य दिलाएका थिए। सन् १९९६ मा एटलायन्टामा भएको २६औं गृष्मकालिन ओलम्पिकमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका जोशी वर्तमान नेपाली भारोत्तोलनका मुख्य प्रतिक्षक समेत थिए।

उनै ओलम्पियन तथा प्रशिक्षक सुनिललाल जोशीको आइतबार ५३ वर्षको उमेरमा निधन भएको छ। हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकै क्रममा उनको निधन भएको हो।

नेपालबाट ओलम्पिकमा सहभागिता जनाउनेहरुको संस्था नेपाल ओलम्पियन सघका अध्यक्ष समेत रहेका जोशीले २०४१ सालमा काठमाडौंमा आयोजित दक्षिण एशियली खेलकुदमा सहभागीता जनाउँदै रजत पदक जितेका थिए।

पहिलोदेखि सातौं दक्षिण एशियाली खेलकुदसम्म प्रतिस्पर्धा गर्दै जोशीले कूल ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए।

नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल असोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत रहँदै २०६३ साल पौष २१ गतेबाट बरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए।

आइतबारै जोशीको पार्थिव शरिर श्रद्धान्जलीको लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषरमा राखिएको थियो। जहाँ युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव ज्ञानराज सुवेदी तथा कर्मचारीहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा, पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पदाधीकारी, ओलम्पियन खेलाडीहरु, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारी लगायतले स्व. जोशीको पार्थिव शरिरमा फुल अविरद्धारा श्रद्धान्जली अर्पण गरेका थिए।

जोशीको आइतबारै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ। जोशीका श्रीमती र एक छोरा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell