PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

पाकिस्तान तेल ट्याङ्कर आगलागीमा मृत्यु हुनेको संख्या १४० पुग्यो



पहिलोपोस्ट

पाकिस्तान तेल ट्याङ्कर आगलागीमा मृत्यु हुनेको संख्या १४० पुग्यो

इस्लामावाद: पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १४० पुगेको पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी दिएको छ।

बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४० पुगेको र घाइतेमध्ये अझै केही जनाको अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या अझै केही बढ्न सक्ने बताइएको छ।

यसअघि भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा अरुन्जेबले भने घछनामा १२० जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएका बताएका थिए।

पाकिस्तानी राष्ट्रिय टेलिभिजन च्यानल पिटीभीले पनि मृतकसङ्ख्या १२० जनाभन्दा बढी भएको जनाएको छ।

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो। उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकको मृत्यु भएको थियो । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell