PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

उत्तर कोरियामा अमेरिकाविरुद्ध विशाल प्रदर्शन



पहिलोपोस्ट

उत्तर कोरियामा अमेरिकाविरुद्ध विशाल प्रदर्शन

प्योङयाङ: उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ।

जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए। जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो। सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्‍याएको  कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले जनाएको छ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell