PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

आदिवासी जनजाति फिल्म महोत्सव हुने



पहिलोपोस्ट

आदिवासी जनजाति फिल्म महोत्सव हुने

काठमाडौं: आदिवासी जनजाति फिल्म महोत्सव हुने भएको छ। पहिलो पटक जनजाति फिल्म अवार्ड तथा महोत्सव हुन लागेको जनजाति फिल्म महासंघले जानकारी दिएको छ।

महोत्सव तथा अवार्ड कार्यक्रम असार १७ गतेबाट सुरु हुने बताइएको छ। महोत्सवमा १८ फिल्म प्रदर्शन हुने बताइएको छ। महोत्सवमा फिल्म प्रतियोगिता समेत हुनेछ।

महोत्सवमा नागा, कल्की, च्याग, टाढाको माया, गुठ, बन्थी, फेके, दखल, पेरोसामा, जितिया, लोम्बा, ब्यासा, पुवाँलो लगायत फिल्म प्रदर्शन हुने भएको हो। फिल्म मध्येबाट मुख्य बिजेता साथै पब्लिक च्वाइस र प्रोत्सहान पुरस्कार प्रदान गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell