PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बक्स अफिस फिल्म फेयर अवार्डको मनोनयन सार्वजनिक



पहिलोपोस्ट

बक्स अफिस फिल्म फेयर अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं: बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ का लागि ३२ विधाको मनोनयन सार्वजनिक भएको छ। असार १७ गते लण्डनमा हुने अवार्ड घोषणाबारे आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो।

लण्डनको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा हुने अवार्डको यो १० औं संस्करण हो। २०७३ को बैशाखबाट चैत मसान्तसम्म सार्वजनिक फिल्महरु मनोनित भएका छन्। आयोजक विकास देवकोटाले भने, अवार्डलाई सभ्य तथा भव्य बनाउन प्रयत्न गर्नेछौं।

अवार्ड कार्यक्रमका लागि कलाकारहरु भुवन केसी, करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अनुप बिक्रम शाही, वर्षा शिवाकोटी, सलोन बस्नेत, अनमोल केसी, प्रदिप खड्का, दिया पुन, अशिष्मा नकर्मी, आनन्द कार्की, नम्रता योगी लगायतको प्रस्तुती रहनेछ।

अवार्डको ५ सदस्यीय जुरीले सहभागीमध्ये हरेक विधामा उत्कृष्ट पाँच फिल्म वा व्यक्तिको चयन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell