
विश्व विजेता जर्मनी र दक्षिण अमेरिकी च्याम्पियन चिलीले अन्तिम चारमा स्थान बनाएसँगै रसियामा भइरहेको कन्फेडेरेसन कपको सेमिफाइनल समिकरण पूरा भएको छ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको समूह बीका अन्तिम खेलमा जर्मनीले क्यामरुनलाई ३-१ ले पराजित गर्दै समूह विजेता बनेको हो। अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै चिलीले अष्ट्रेलियासँग १-१ गोलको बराबरी खेल्दै समूह उपविजेता बनेको हो।
तीन खेलबाट जर्मनीले ७ अंक अंक जोड्दा चिलीले ५ अंक जोड्यो।
जर्मनीको जितमा टिमो वेनरले २ तथा केरिम डेमिब्रेले १ गोल गरे। क्यामरुनका लागि भिनसेन्ट अबाउबाकरले एक गोल फर्काए। ६४औं मिनेटमा अर्नेस्ट माबाउकाले रातो कार्ड सामना गरेपछि क्यामरुन दश खेलाडीमा झरेको थियो।
यता जेम्स ट्रोइसीले पहिलो हाफ सकिन तीन मिनेट अगाडी गोल गर्दै एसियन च्याम्पियन अष्ट्रेलियालाई अग्रता दिलाएङ्का थिए। तर दोस्रो हाफमा मार्टिन रोड्रिग्वेजले बराबरी गोल फर्काउँदै चिलद्यीलाई अंक दिलाएका हुन्।
अब सेमिफाइनलमा समूह ए को विजेता पोर्चुगलले समूह बी को उपविजेता चिली तथा समूह बी को विजेता जर्मनीले समूह ए को उपविजेता मेक्सिकोसँग खेल्नेछ।
And then there were four...#PORCHI | KAZAN | WED#GERMEX | SOCHI | THU#ConfedCup pic.twitter.com/4Fk9FD7ouo
— #ConfedCup (@FIFAcom) June 25, 2017