PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एसिड प्रहारबाट महोत्तरीमा ६५ वर्षीया वृद्धाको मृत्यु



रासस

एसिड प्रहारबाट महोत्तरीमा ६५ वर्षीया वृद्धाको मृत्यु

महोत्तरीः महोत्तरीमा एसिड प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीको गौशाला नगरपालिका–१ का गोनर महतोकी ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको मृत्यु भएको हो।

आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको बेला महतोमाथि एसिड प्रहार भएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell