PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भोजपुरमा शनिबारदेखि हराइरहेका  तीन बालबालिका मृत फेला



रासस

भोजपुरमा शनिबारदेखि हराइरहेका  तीन बालबालिका मृत फेला

भोजपुर : भोजपुरमा तीन बालबालिका मृत भेटिएका छन् । 

मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए। उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएका हुन्। 

मृत्यु हुनेमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल छन्। घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell