PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ



रासस

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

गौशालाः श्रीमती हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीको मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनीलाई पक्राउ गरेको छ।

२० वर्षीया श्रीमती टिङ्की कुमारीको हत्याको अरोपमा प्रहरीले सहनीलाई पक्राउ गरेको हो।

बिवाह भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको तथा पत्नी मन नपरेको भन्दै सहनीले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन्। 

घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा प्रहरीले शनिवार टिङ्कीको शव फेला पारेको थियो। घटनापछि सहनीका आमाबुबासहित घरका सबै सदस्य फरार थिए। 

सहनी परिवारका सबै सदस्य फरार भएपछि स्थानीयले टिङ्कीको माइती पक्षमा खबर गरेपछि माइती पक्षले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । 

फरार रहेका सहनी सामान लिन घर आएका बेला गाउँलेले उनलाई पक्राउ गरी प्रहरीमा बुझाएका हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell