PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

झापाको बिर्तामोडस्थित मतदान केन्द्र नजिक बम फेला



रासस

झापाको बिर्तामोडस्थित मतदान केन्द्र नजिक बम फेला

झापाः  झापाको बिर्तामोडका दुई स्थानमा बम फेला परेको छ। 

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेका इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ। 

मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै बम फेला परेको हो। बिहान हिंड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ भने चारआलीस्थित नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गर्दैछ। 

निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ। बम फेला परेपछि स्थानीय त्रसित भएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell