
सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन यसै हप्ता संयुक्त राज्य अमेरिका जाने भएका छन्।
त्यसक्रममा राष्ट्रपति इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ । पछिल्लो समय उत्तर कोरियाले दक्षिणकाविरुद्धमा भन्दै आणविक परीक्षणका साथै दक्षिणको विरोध गरेका आक्रामक अभिव्यक्तिहरु दिंदै आएको छ।
यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लागेका हुन्। उनले यसै विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता गर्ने समाचारमा जनाइएको छ।
उनले यसअघि आफूले पहिलो भ्रमण उत्तर कोरियाको गर्ने बताएका थिए। तर त्यो नभएर उनले अमेरिकाकै भ्रमण गर्न लागेका अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी