PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

माडीका बासिन्दा एकसातादेखि अन्धकारमा, विद्युत आपूर्ति हुन अझै केही दिन लाग्ने



रासस

माडीका बासिन्दा एकसातादेखि अन्धकारमा, विद्युत आपूर्ति हुन अझै केही दिन लाग्ने

चितवनः दक्षिण चितवनको माडीका बासिन्दा आठ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनी बिच्छ्याइएको तारमा खराबी आएकाले असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन्।

नेपाल विद्युत प्राधिकरण भरतपुर केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी दिए। 

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने,‘अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ।’

उनले मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत् सञ्चालन नहुने बताए। 
भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक २०६३ कात्तिकमा विद्युत् पुगेको थियो। 

यसअघि परीक्षण प्रसारणका बेलामा पनि चितवन निकुञ्जको अन्डरग्राउन्ड क्षेत्रमा पटकपटक खराबी देखिंदै आएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell