PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

'भुईंमान्छे'को ट्रेलर आउट, सिपोराको करियरमा नयाँ खेलको सुरुवात



पहिलोपोस्ट

'भुईंमान्छे'को ट्रेलर आउट, सिपोराको करियरमा नयाँ खेलको सुरुवात

काठमाडौं: भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु फिल्म 'भुईंमान्छे'को सोमबार अफिसियल ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनि एक्लो जीवन बिताउँदै आएकी युवतिको रुपमा देखिएकी छिन्।

फिल्ममा आफ्नो भूमिकाबारे सिपोराले भनिन्, 'मेरो असल जीवनसँग धेरै नमिल्दो भूमिका रहेन। खेलाडीकै रुपमा प्रस्तुत भएको छु। काम गर्न सजिलो भयो।' उनले उनको खेल प्रेमी अभिनयबाट पनि निराश नहुने प्रस्ट पारिन्।

फिल्म हस्पिटलमा पोस्टमार्टम गर्ने मान्छे र भव्य घरमा एक्लै बस्दै आएकी युवतीको कथा हो। दैनिक लाश चिर्ने काम गर्ने मान्छेको जीवन कस्तो हुन्छ? उसको मनोविज्ञान फिल्मको मुख्य विषय हो।

सोमबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज भएको हो। फिल्ममा सिपोरा गुरुङसँगै रमेश बुढाथोकी, सहिन प्रजापाती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल आदिको मुख्य अभिनय रहेको छ।

शैली इन्टरटेनमेन्ट र शैली थिएटरको प्रस्तुती रहेको फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। फिल्ममा उनकै कथा, पटकथा र संवाद रहेको छ।

रोहिणी भट्टराईले निर्माण गरेको फिल्मलाई बिदुर पाण्डेलो खिचेका हुन्। फिल्ममा देवेन्द्र राई र अर्जुन पोखरेलले संगीत दिएका छन्। फिल्मका गीतहरुमा शिव परियार, प्रमोद खरेल, दौंतल राई र जुना प्रसाईंको स्वर रहेको छ।

हेर्नुस् ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell