PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

मध्य झरीमा मतपेटिकाको सुरक्षा कसरी?



रमेश वाग्ले

मध्य झरीमा मतपेटिकाको सुरक्षा कसरी?

काठमाडौं : वर्षायाममा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मतपेटिका र मतको सुरक्षाका लागि विशेष तयारी पूरा भएको दावी गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवका अनुसार निर्वाचन आयोगले सबै जिल्लालाई मतपेटिका ढाक्ने प्लास्टिक झोला निर्माणको निर्देशन दिइसकेको छ। 

'मतपेटिकालाई पानीबाट जोगाउन प्लास्टिक झोला निर्माणको जिम्मा हामीले जिल्लालाई नै दिइसकेका छौं,' प्रमुख आयुक्त यादवले पहिलोपोस्टसँग भने, 'अब मतदान सकिएपछि पहिला मतपेटिकामा सिलबन्दी हुन्छ, त्यसपछि प्लास्टिक झोलामा हालिन्छ र पुनः सिलबन्दी गरिन्छ।' 

उनले त्यसबाहेक मतदान केन्द्रलाई पनि परिस्थिति अनुसार वर्षाबाट बचाउन आवश्यक समग्रीको तयारीका लागि निर्देशन भइसकेको बताए। 

'मतदान केन्द्रलाई वर्षाको असरबाट जोगाउँन त्रिपाल लगायत आवश्यक सामग्री किन्न र तयारी गर्न जिल्लाहरुलाई निर्देशन गरेर अधिकारसमेत प्रदान गरिएको छ,' प्रमुख आयुक्त यादवल भने, 'त्यसपछि ढुवानीका क्रममा पनि आवश्यक सतर्कता अपनाएर जनमतको सुरक्षा गर्नुहुनेछ।' उनले जुनसुकै कारणले वर्षाको समयमा चुनाव हुन लागे पनि जनमतको संरक्षणका लागि आयोग पूर्णत तयार रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell