PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बेइजिङ–साङ्घाई गुड्न थाल्यो द्रुत गतिको चिनियाँ रेल



रासस

बेइजिङ–साङ्घाई गुड्न थाल्यो द्रुत गतिको चिनियाँ रेल
फोटो श्रोतःthatsmags.com

बेइजिङः चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ्–साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ। 

सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइका लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ। 

चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट सेवा प्रारम्भ गरेको हो। चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ। चिनियाँ सञ्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन्। 

यो रेलको गति प्रतिघण्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ। यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो। 

यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ। स्वाचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफैं नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ। 

चाइना रेलवे कर्पोरेसनका सञ्चालक लु दोङफूले भने– यस रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्छ।

चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दो रेलसेवाका रुपमा लिइन्छ। चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल रहेको छ। 

सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ। यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell