PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

युवराज सिंहले चिनेनन् आफ्नै जर्सी, वेष्टइन्डिज विरुद्ध च्याम्पियन्स ट्रफीको जर्सी लगाएपछि आलोचना



पहिलोपोस्ट

युवराज सिंहले चिनेनन् आफ्नै जर्सी, वेष्टइन्डिज विरुद्ध च्याम्पियन्स ट्रफीको जर्सी लगाएपछि आलोचना

वेष्टइन्डिज विरुद्धको दोस्रो वान डे क्रिकेटमा पाहुना टोली भारतले १ सय ५ रनको फराकिलो जित हात पार्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनायो।

उक्त खेलमा ओपनर अज्नका रहानेले १ सय ३ रन बनाए भने यसै सिरिजमार्फत वान डे मा डेब्यु गरेका कुलदीप यादवले ३ विकेट लिए।

तर खेलको नतिजाले भन्दा पनि भारतीय टीमका खेलाडी युवराज सिंहले लगाएको जर्सीका कारण खेलले बढी चर्चा पायो।

युवराजले अन्य भारतीय खेलाडी भन्दा भिन्न जर्सी लगाएका थिए। उनले इंगल्याण्डमा सम्पन्न च्याम्पियन्स ट्रफीमा लगाएको जर्सी लगाएरै वेष्टइन्डिज विरुद्ध ब्याटिङ गरे। अनी बलिङ पनि गरे।

आफ्नो जर्सी नचिनेरै युवराजले गलत जर्सी लगाएको भन्दै उनको आलोचना समेत भएको थियो।

१० बल खेल्दा युवराजले एक चौकासहित १४ रन बनाए। यस्तै बलिङमा ५ ओभर बलिङ गर्दै २५ रन खर्चे तर कुनै विकेट लिन सकेनन्।

आइसीसीले हरेक अन्तर्राष्ट्रिय क्रिकेट सिरिज र टुर्नामेन्टहरुङ्का लागि छुट्टा छुट्टै जर्सी बनाएको हुन्छ। तर युवराज सिंहलाई भने च्याम्पियन्स ट्रफीको ह्याङओभरले छाडेको थिएन होला सायद त्यही भएर नयाँ जर्सी लगाउनै भुले।


खेलको हाइलाइट्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell