PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चितवनमा हत्या र डकैतीमा संलग्न २ जना पक्राउ 



पहिलोपोस्ट

चितवनमा हत्या र डकैतीमा संलग्न २ जना पक्राउ 

चितवनः प्रहरीले चितवनमा हत्या र डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नंं २५ दिव्यनगर चितहीका गंगासागर महतोको घरमा  डकैती गर्ने नवलपरासी मध्यबिन्दुका २१ वर्षीय लक्ष्मण परियार र नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरुले जेठ चार गते महतो परिवारलाई नियन्त्रणमा लिइ घरका सामान लुटपाट गर्नुका साथै गंगासागरलाई गोली हानी हत्या गरेका थिए।

गोली प्रहारबाट घाइते भएका गंगासागरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। प्रहरीले उनीहरुको साथबाट लुटपाट गरी लगेका नगद र गरगहनासमेत बरामद गरेको छ।

घटनामा संलग्न पर्वत राम्जाका कृष्ण शाही ठकुरी भने फरार रहेका उनको खोजी भइरहेको  प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell