PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

खुल्ला कराते प्रतियोगितामा सरस्वती स्कूल विजयी



पहिलोपोस्ट

खुल्ला कराते प्रतियोगितामा सरस्वती स्कूल विजयी

काठमाडौं: ट्रेडिसनल कराते कल्बद्वारा आयोजित खुल्ला कराते प्रतियोगितामा सरस्वती डोजो टिमले जित हात पारेको छ। शनिबार मनकामना उच्च माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, ९ कास्य सहित सरस्वती डोजोको टिमले प्रथम स्थान हात पारेको हो।

त्यस्तै ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित मनकामना दोश्रो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा बाल श्रृजनालय स्कूल अनुशासित टिम घोषित भयो। त्यस्तै उत्कृष्ट महिला खेलाडी सरस्वती स्कुलकी सुस्मिता वाईवा र पुरुषमा मनकामना स्कुलका सुप्रिम शर्मा घोषित भएका छन्।

विजयी खेलाडी र टीमलाई गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले मेडल तथा प्रमाणपत्र वितरण गरे। 

प्रतियोगिता र खेलको महत्वबारे बोल्दै कराते प्रशिक्षक पुरुषोत्तम पोख्रेलले भने,'खेललाई प्रभावकारी बनाउँदै राष्ट्र र समाज परिवर्तनका लागि नव खेलाडीहरुलाई सामाजिक उत्तरदायित्व बोध गराउन आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell