काठमाडौं: एक्सपोज नेपालको आयोजनामा एउटै मञ्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता आयोजना हुने भएको छ। एक्सपोज नेपालले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्ने भएको हो।
एक्सपोजका यी तीन प्रतियोगीतामा युवायुवती देखि विवाहित महिलासम्मले भाग लिन पाउनेछन् । तीनमध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले भाग लिन पाउनेछन्।
स्वमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, ग्रुमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित सहभागीलाई फाइनलमा उतारिनेछ।
प्रतियोगीतामा विजेतालाई शिर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिने बताइएको छ।