PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

डुङ्गा दुर्घटनामा कोलम्बियामा ९ जनाको मृत्यु, २८ बेपत्ता 



रासस

डुङ्गा दुर्घटनामा कोलम्बियामा ९ जनाको मृत्यु, २८ बेपत्ता 
फोटो श्रोतःsky.com

बोगोटाः उत्तरपश्चिम कोलोम्बियामा १७० यात्रु सवार डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्।

कोलोम्बियाको उत्तरपश्चिम प्रान्त आनटिओक्युइमा रहेको पर्यटकीय सहर गुआटेपेमा डुंगा दुर्घटना भएको थियो। दुर्घटनाको कारण हालसम्म प्रष्ट नभएको सरकारी अधिकारहरुले बताएका छन्। 

आनटिओक्युइ क्षेत्रीय सरकारको प्रकोप नियन्त्रण विभागका प्रमुख मर्गारिता मोन्कादामाअनुसार दुर्घटनामा २८ जना बेपत्ता भएका छन्। 
दुर्घटनापछि कैयौँलाई उद्धार गरिएको तथा केही भने आफै त्यहाँबाट बाँचेर आउन सफल भएका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell